शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तेस्रो स्थानको लागि क्रोसिया र मोरक्को भिड्दै

एक्सप्रेस पाना
पौष २, २०७९ शनिबार
  • 382
    SHARES
  • तेस्रो स्थानको लागि क्रोसिया र मोरक्को भिड्दै

    काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज क्रोसिया र मोरक्को भिड्दै छन् । नेपाली समय अनुसार आजको खेल राति ८:४५ बजे हुदै छ ।

    images

    सेमिफाइनलमा पराजित भएका क्रोसिया र मोरक्कोबीच तेस्रो स्थानको लागि भिडन्त हुन लागेको हो ।

    सेमिफाइनलमा क्रोसिया अर्जेन्टिनासँग ३-० गोल अन्तरले पराजित भएको थियो भने मोरक्को फ्रान्ससँग २-० गोल अन्तरले पराजित भएको थियो ।

    images

    यस विश्वकपमा समुह चरणमा एकै समुहमा रहेका क्रोसिया र मोरक्को यस विश्वकपमा दोस्रो पटक भिड्न लागेका छन् । समुह एफ मा रहेका क्रोसिया र मोरक्को समुह चरणको खेलमा गोल रहित बराबरी खेलेका थिए ।

    क्रोसिया र मोरक्कोबीच अहिलेसम्म दुई पटक खेल भएको छ, जसमा एक खेल क्रोसियाले जितेको छ भने यसै विश्वकपमा भएको खेल बराबरी भएको थियो । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२