शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप : क्रोएसिया तेस्रो, कति पायो पुरस्कार ?

एक्सप्रेस पाना
पौष ३, २०७९ आइतबार
  • 271
    SHARES
  • कतार विश्वकप : क्रोएसिया तेस्रो, कति पायो पुरस्कार ?

    एसियाली राष्ट्र कतारमा जारी फिफा विश्कपमा क्रोएसिया तेस्रो भएको छ ।

    images

    क्रोएसियाले शनिबार राति भएको तेस्रो स्थानको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    त्यसपछि खेलको ४२औं मिनेटमा क्रोसियाका मिसलभ ओर्सिकले गोल गर्दै क्रोसियालाई २-१ को अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा कुनै गोल भएको थिएन ।

    images

    योसँगै मोरक्को यस विश्वकपमा चौथो भएको छ । त्यस्तै क्रोसियाले विश्वकपमा दोस्रो पटक तेस्रो स्थानमा रहदै विश्वकप टुंगाएको छ । छैटौ पटक विश्वकप खेलेको क्रोसिया पहिलो पटक १९९८ मा विश्वकप खेल्दा तेस्रो भएको थियो । त्यसपछि २००२, २००६ र २०१४ मा समुह चरणबाट बाहिरिएको क्रोसिया २०१० को विश्वकपमा भने छनौट हुन सकेको थिएन ।

    तेस्रो स्थानको उपाधिसहित क्रोएसियाले २७ मिलियन डलर अर्थात् करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात् करिब ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाएको छ । 

    त्यस्तै २०१८ को विश्वकपमा भने क्रोसिया फाइनलमा पुगेर फ्रान्ससँग पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # फिफा विश्वकप २०२२