काठमाडौँ । भारतले बंगलादेशविरुद्धको दुई खेलको सिरिज टेस्ट अन्तर्गत पहिलो खेल भारतले १८८ रनले जितेको हो ।
भारतले दिएको ५१३ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको पाँचौं दिन ३२४ रन बनाएर अल आउट भएको थियो ।
यस अघि भारतले आफ्नो पहिलो इनिंगमा ४०४ रन बनाएको थियो भने बंगलादेशले पहिलो इनिंगमा १५० रन मात्र बनाएको थियो । त्यसपछि भारतले आफ्नो दोस्रो इनिंगमा २ विकेट गुमाउदै २५८ रन बनाएर पारी घोषित गरेको थियो ।
यस खेलमा भारतका चैतेव्श्वर पुजाराले पहिलो इनिंगमा ९० र दोस्रो इनिंगमा १०२ रनको शतकीय पारी खेलेका थिए भने शुभमन गीलले दोस्रो इनिंगमा ११० रन बनाउदै आफ्नो टेस्ट क्यारियरको पहिलो शतक बनाएका थिए । त्यस्तै भारतका स्पिनर कुलदीप यादवले पहिलो इनिंगमा ५ र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए ।
त्यसैगरी यस टेस्टमा बंगलादेशका जाकिर हसनले आफ्नो डेभ्यु टेस्टमै शतक बनाएका थिए ।उक्त जितसँगै भारतले २ खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । अब दोस्रो टेस्ट डिसेम्बर २२ देखि मिरपुरमा हुने छ ।



