शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतार विश्वकप कस्ले के अर्वाड जिते

एक्सप्रेस पाना
पौष ४, २०७९ सोमबार
  • 218
    SHARES
  • कतार विश्वकप कस्ले के अर्वाड जिते

    काठमाडौं । अर्जेन्टिनालाई कतार विश्वकप २०२२ च्याम्पियन बनाएका कप्तान लियोनेल मेस्सी उत्कृष्ट खेलाडी बनेका छन् ।

    images

    विश्वकपको उत्कृष्ट खेलाडी बनेका मेसीले गोल्डेन बल जितेका छन् ।

    मेस्सीले यस विश्वकपमा कुल ७ गोल गरेका छन् भने तीन गोल असिस्ट गरेका थिए । मेसीले विश्वकपमा २६ खेल खेल्दै विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड समेत बनाएका छन् ।

    images

    त्यस्तै अर्जेन्टिनाका गोल किपर एमिलीयानो मार्टिनजले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् । त्यस्तै अर्जेन्टिनाका खेलाडी एन्जो फेर्नानडेजले विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् । 

    यस्तै फ्रान्सका किलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । एम्बाप्पेले विश्वकपका ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले फाइनल खेलमा ह्याट्रिक गरेपनि फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४९२ गोल अन्तरले पराजित भएको थियो । एम्बाप्पेले विश्वकपको फाइनलमा १९६६ पछि ह्याट्रिक गरेका हुन् ।  

    एम्बाप्पेले दुई विश्वकपमा आफ्नो गोल संख्या १२ पुर्याएका छन् । गोल्डेन बुटको दौडमा रहेका अर्जेन्टिनाका लियोनेल मेसीले ७ गोल गरेका थिए । मेस्सीले फाइनल खेलमा दुई गोल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप २०२२