काठमाडौँ । अर्जेन्टिनाका काप्तान लियोनेल मेस्सी विश्वकप फुटबलको ट्रफी अंगालोमा राखेर सुतेका छन् । मेस्सीले विश्वकपको ट्रफी आफ्नो अँगालोमा राखेर सुतेको तस्बीर सामाजिक सञ्जालमा सार्बजनिक गरेका हुन् ।
विश्वकप जितेपछि आफ्नो देश अर्जेन्टिना पुगेका मेस्सीले लाखौ समर्थकहरुसँग विजयत्सव मनाएपछि विश्वकपको ट्रफी अंगालोमा हालेर सुतेको तस्बीर सार्बजनिक गरेका छन् ।
आज बिहान अर्जेन्टिनाको राजधानी बुएनोस आइरजमा पुगेको अर्जेन्टिनी विश्व विजेता टिमलाई लाखौ समर्थकहरु स्वागत गरेका थिए ।




