अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिसँग नेपाल सुपर लिग (एनएसएल) सञ्चालनका लागि सम्झौता भएको छ ।
एन्फा र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कम्तिमा आठ वर्षका लागि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले एन्फालाई एनएसएलका लागि १७ करोड २० लाख रुपैयाँ भुक्तानी गर्नेछ ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले एन्फाका महासचिव किरण राईलाई एनएसएलको पहिलो सिजनका लागि १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।



