शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुरको टिम घोषणा

एक्सप्रेस पाना
पौष ५, २०७९ मंगलबार
  • 371
    SHARES
  • जनकपुरको टिम घोषणा

    काठमाडौं । कीर्तिपुरस्थित टियु मैदानमा पुस ८ गतेबाट २६ गतेसम्म हुने पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ ।

    images

    आज मंगलबार जनकपुरले पत्रकार सम्मेलनको आयोजना गर्दै जमैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।

    जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । यस्तै भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

    images

    प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

    यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

    जनकपुरको टोली :
    विदेशी खेलाडी : केसरिक विलियम्स, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ, शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, अशान प्रियान्जन  

    नेपाली खेलाडी : सोमपाल कामी,सन्दीप जोरा,आदील आलम, दिलिप नाथ, ललित नारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ,जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट