शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एम्बाप्पे प्रशिक्षणमा फर्किए

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 297
    SHARES
  • एम्बाप्पे प्रशिक्षणमा फर्किए

    काठमाडौं । एसियाली राष्ट्र कतार समपन्न फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन पिएसजीका स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् । 

    images

    एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन । गत आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । 

    फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगमी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल