शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फिफा वरीयतामा नेपालको स्थान यथावत

एक्सप्रेस पाना
पौष ७, २०७९ बिहीबार
  • 261
    SHARES
  • फिफा वरीयतामा नेपालको स्थान यथावत

    काठमाडौं । कतारमा समपन्न फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ फिफाको विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । यसैगरी नेपाल फिफा वरीयताको १७५औं स्थानमा यथावत छ । दक्षिण एसियाली टिममध्ये भारत सबैभन्दा माथि १०६ स्थानमा रहेको छ ।

    images

    विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । यस्तै क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ ।

    विश्वकपको उपविजेता फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो स्थानमा रहेको बेल्जियम चौथो स्थानमा झरेको छ । बेल्जियम विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

    images

    आश्चर्यजनक नतिजा निकाल्दै विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को वरीयताको ११औं स्थानमा पुगेको छ । विश्वकपमा बेल्जियम, स्पेन र पोर्चुगल जस्ता ठूला टोलीलाई पराजित गरेको मोरक्कोले वरीयतामा ११ स्थान सुधार गरेको हो ।

    विश्व वरीयताको पाँचौं स्थानमा इंग्ल्याण्ड यथावत रहँदा दुई स्थान सुधार गरी नेदरल्याड्स छैटौं र पाँच स्थान सुधार गरी क्रोएसिया सातौं स्थानमा पुगेको छ । इटली दुई स्थान खस्केर आठौं नम्बरमा पुगेको छ । नवौं स्थानको पोचुर्गल यथावत रहँदा तीन स्थान तल झरेको स्पेन वरीयताको दशौं नम्बरमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल