शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिटी कारवाओ कपको क्वाटरफाइनलमा, लिभरपुल बाहिरियो

एक्सप्रेस पाना
पौष ८, २०७९ शुक्रबार
  • 273
    SHARES
  • सिटी कारवाओ कपको क्वाटरफाइनलमा, लिभरपुल बाहिरियो

    काठमाडौं । सविकको विजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी कारवाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    बिहिबार राति सिटीले घरेलु मैदानमा लिभरपुललाई ३-२ गालले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु टोली सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड, रियाद महारेज र नाथन एकेले एक एक गोल गरे । यता पाहुना टोली लिभरपुलका फावियो कार्भाल्हो र मोहम्मद सलाहले गोल गरेपनि हार टार्न सकेन ।

    उक्त सिटीको जितसँगै कारवओ कपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब सिटीले साउथह्याम्टनसँग ११ जनवरीमा खेल्नेछ । सोही दिन नटिङहम फरेस्ट र वल्भ्स, म्यानचेस्टर युनाइटेड र चाल्र्टन तथा न्यूक्यासल युनाइटेड र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल