शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी-२० लिग : विजेताले ५५ लाख, उपविजेतालाई ३० लाख, अन्यलाई कति ?

एक्सप्रेस पाना
पौष ८, २०७९ शुक्रबार
  • 357
    SHARES
  • नेपाल टी-२० लिग : विजेताले ५५ लाख, उपविजेतालाई ३० लाख, अन्यलाई कति ?

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेटको विजेताले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।

    images

    तीन पटक सर्दै आएको प्रतियोगिता भोलि शनिबारदेखि सुरुहुने भन्दै क्यानले आज गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीका साथ साथै पुरस्कारको विषयमा जानकारी गराएको हो । 

    पत्रकार सम्मेलनमा नेपाल टी–२० लिगका निर्देशक जतिन अग्रवालले प्रतियोगिताबारे जानकारी गराउँदै पहिलोदेखि चौथो स्थानमा रहने टिमले प्राप्त गर्ने पुरस्कार राशीको विषयमा बताएका थिए । यसैगरी लिगका ३४ वटा म्याचका ‘प्लेयर अफ दी म्याच’ले पनि नगद प्राप्त गर्ने छन् प्लेयर अफ द सिरिज, वेस्ट बलर र बेस्ट ब्याटरका साथै इमर्जिङ प्लेयरले पनि पाउने छन् ।

    images

    पहिलो हुने टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । 

    प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसैगरी इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । नेपाल टी २० लिग भोलिदेख त्रिवि क्रिकेट मैदानमा हुने छ र पहिलो संस्करणमा ६ टिमले सहभागिता जनाएका छन् ।

    उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने भएका छन् भने भोलि नै हुने अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेड आमने सामने हुने छन् ।  प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

    प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट