काठमाडौं । भोलिबाट काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल टी२० लिग क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने भएको छ ।
यस्तै विश्वभर एससिक्सरले प्रत्यक्ष प्रशारणको जिम्मा पाएको छ । भारतमा युरो स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारको सहभागिता रहेको छ ।
क्यानले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने छन् ।



