शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काठमाडौंले दियो पोखरालाई १६३ रनाको लक्ष्य

एक्सप्रेस पाना
पौष ९, २०७९ शनिबार
  • 337
    SHARES
  • काठमाडौंले दियो पोखरालाई १६३ रनाको लक्ष्य

    काठमाडौं । आजबाट सुरु भएको पहिलो संस्करणको नेपाल टी२० लिग फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई १६३ रनको लक्ष्य दिएको छ । 

    images

    टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो । 

    काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारि खेले । 

    images

    यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, भिरेन्द्रदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । 

    यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट