शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनीको विजयी सुरुवात

एक्सप्रेस पाना
पौष ९, २०७९ शनिबार
  • 348
    SHARES
  • लुम्बिनीको विजयी सुरुवात

    काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गात दोस्रो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । 

    images

    शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले फार वेस्ट युनाईटेडलाई ६७ रनले पराजित गरेको छ । 

    लुम्बिनीले दिएको १५३ रनको विजयी लक्ष्य पाएको फार वेस्टन १६.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । 

    images

    फार वेस्टनको लागि हसमतुल्लाह शाहिदीले सर्वाधिक ३५ रनको योग्दान गरे । उनले यस्तै बिनोद भण्डारीले १३ रन, देव खनाल ९ रनमा आउट भए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  

    यता लुम्बिनीका लागि सागर ढकाल २ र दिपेन्द्रले ३ विकेट लिदा बिपुल शर्मा, किशोर महतो र प्याट्रिक रिस ब्राउनले समान १/१ विकेट लिए । 
     
    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो । 

    लुम्बिनीका लागि लाहिरु मिलन्थाले ६० रनको अर्धशतकिय इनिङले खेले । उनले ५० बलमा ८ चौका र एक छक्काको सहयोगमा ६० रन बनाएक हुन् । यस्तै कप्तान दिपेन्द्र सिंह एैरीले ३८ बलमा ३५ रन, गुलसन झाले २५ रन, बिपुल शर्माले १२ रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

    यता फार वेस्टनको लागि उमर अली र करण केसीले समना ३ विकेट लिए । 
     
    यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्स २६ रनलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट