शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी२० लिग : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 314
    SHARES
  • नेपाल टी२० लिग : आज दुई खेल हुँदै

    शनिबाबाट राजधानीमा जारी रहेको नेपाल टी२० लिग क्रिकेट प्रतियोगितामा आज आईतबार दुई खेलको आयोजना हुँदैछ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको हो ।आजको पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।

    पहिलो खेल खेल्न लागेको विराटनगर जितका साथ प्रतियेगिताको सुरुआत गर्न चाहान्छ । पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको लुम्बिनी लगातार दोस्रो जित हात पार्न चाहान्छ ।पहिलो खेलमा जित हात पारेको लुम्बिनी २ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    images

    आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेल खेल्दै गरेको रोयल्स जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहान्छ ।

    पोखरा लिगको अंक तालिकामा बिना अंक तेस्रो स्थानमा रहेको छ । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

    डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

    यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :