काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिग अन्तरर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टारले बिराटनगर सुपर किङस्लाई जितको लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनायो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङमा अविजित रहे ।
यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।
यता बिराटनगरका लागि हुसेन तलात, शाहब आलम, आन्ड्रय म्याकार्थी, सिकन्दर राजा र नन्दन यादबले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टन युनाईटेडलाई ६७ रनले फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो ।



