काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार २ रनले विजयी भएको छ ।
लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पाएको बिराटनगर निधर्मरित २० ओभरमा ६ विकेट गुमाएर १५५ मात्रै बनाउन सक्यो ।
बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए भने बिबेक यादवले १२ रन र कप्तान आन्द्रे म्याकार्थी ११ मा अविजित रहे ।
यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान एक एक विकेट लिए ।
त्यसघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङमा अविजित रहे ।
यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।
यता बिराटनगरका लागि हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी, सिकन्दर राजा र नन्दन यादबले समान एक एक विकेट लिए । यो जितसँगै लुम्बिनीले दुई खेलबाट ४ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ ।



