शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुरलाई पोखराको १३९ रनको मध्यम लक्ष्य

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 227
    SHARES
  • जनकपुरलाई पोखराको १३९ रनको मध्यम लक्ष्य

    काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर रोयललाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा हारेर पछिले ब्याटिङ गरेको पोखरनले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएपछि जनकपुरले १३९ रनको लक्ष्य पाएको हो । 

    पोखराको लागि आशिफ शेखले ५० रनको अर्धशतकीय इनिङ पूरा गरे । उनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाएर आउट भए । यस्तै सिद्धान्त लोहनी २८ रन, अमिर हमाजले १८ रन र प्रतिस जिसीले २८ रनको आक्रमक पारी खेले । उनले १८ बलमा ४ चौकासहित २८ रनमा आउट भए । 

    images

    यता जनकपुरको लागि केसरिक विलियम्सले सर्वाधिक ३ विकेट लिए । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :