शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोखराको लगातार दोस्रो हार

एक्सप्रेस पाना
पौष १०, २०७९ आइतबार
  • 275
    SHARES
  • पोखराको लगातार दोस्रो हार

    काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर रोयल ५ विकेटले विजयी भएको छ । 

    images

    आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सले दिएको १३८ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । 

    जनकपुरको जितमा सन्दीप जोराले सर्वाधिक ३९ रन बनाए । यस्तै सागर पुनले ३८ रन, चाडविक वाल्टनले १९ र राजेश पुलामी मगरले ९ रन बनाएर आउट भए । 

    images

    यता पोखराका लागि जाहिर खानले ३ विकेट लिए । सरद भेषवाकर र मौसम ढकालले एक एक विकेट लिए । 

    यसअघि टस हारेर पछिले ब्याटिङ गरेको पोखरनले १९.४ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएपछि जनकपुरले १३९ रनको लक्ष्य पाएको थियो । 

    पोखराको लागि आशिफ शेखले ५० रनको अर्धशतकीय इनिङ पूरा गरे । उनले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाएर आउट भए । यस्तै सिद्धान्त लोहनी २८ रन, अमिर हमाजले १८ रन र प्रतिस जिसीले २८ रनको आक्रमक पारी खेले । उनले १८ बलमा ४ चौकासहित २८ रनमा आउट भए । 

    यता जनकपुरको लागि केसरिक विलियम्सले सर्वाधिक ३ विकेट लिए । 

    उक्त जितसँगै जनकपुरले विजयी सुरुवात गरेको छ भने पोखराले लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि आफ्नो पहिलो खेलमा शनिबार काठमाडौंसँग पोखरा २६ रनले पराजित भएको थियो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :