काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिगको आजको पहिलो खेलमा काठमाडौं नाईट्सले फार वेस्ट युनाईटेडलाई जितका लागि ९९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो । काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए ।
सन्तोष कार्कीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यता फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २र२ तथा शेर मल्लले १ विकेट लिए ।
पहिलो खेलमा जित निकालेको काठमाडौं आजको खेलमा जित निकादै लगातार दोस्रो जित निकाल्न चाहान्छ । काठमाडौंले शनिबार भएको उद्घाटन खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।
काठमाडौं १ खेलमा २ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दोस्रो खेल खेल्न लागेको फार वेस्ट पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो ।
फार वेस्ट १ खेलमा अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।



