शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी२० लिग : फार वेस्ट युनाईटेड विजयी

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 375
    SHARES
  • नेपाल टी२० लिग : फार वेस्ट युनाईटेड विजयी

    काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिगको आजको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ । 

    images

    सोमबार भएको खेलमा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो । काठमाडौंले दिएको ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 

    फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

    images

    काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो ।

    काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए । सन्तोष कार्कीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी, भुवन कार्कीले समान २/२ तथा शेर मल्लले १ विकेट लिए । 

    दोस्रो खेलमा पहिलो हार व्यहोरेको काठमाडौं २ खेलमा २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

    दोस्रो खेलखेलेको फार वेस्टले पहिलो जितहात पारेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । 

    फार वेस्ट २ खेलमा १ अंक सहित अंक तालिकाको चौथो स्थानमा  रहेको छ । आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :