राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका छन् । ‘दलहरू बीच उपप्रधानमन्त्रीमा सहमति भएको छ । मन्त्रालयमा भने सहमति भएको छैन,’ रास्वपाका एक नेताले शिलापत्रसँग भने ।
उपप्रधानसहित सभापति लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने भएको हो । रास्वपाले ६ वटा मन्त्रालयमा दाबी गरेको छ । तर सातवटा दलले प्रधानामन्त्रीमा प्रचण्डलाई समर्थन गरेकाले ६ वटा मन्त्रालय पाउने छैन ।
रास्वपाले कृषि, भौतिक, श्रम तथा रोजगार मन्त्रालयमा दाबी गरेको छ । ‘सरकारमा सहभागी हुने दलको बैठकले कुन पार्टीले कुन र कति मन्त्रालय पाउने टुंगो लगाउँछ,’ रास्वपाका एक नेताले भने, ‘गठबन्धनको बैठकपछि मन्त्रीको नाम टुंगो लगाउँछौँ ।’
पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मन्त्री छनोट गर्ने रास्वपाको तयारी छ । ‘विज्ञताको आधारमा मन्त्रीको छनोट गर्छौं,’ सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले भने । साभार-शिलापत्र



