नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सरकारमा सहभागी दलहरूकाे गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ ।
केहीबेरअघि सुरु भएकाे सत्तारूढ गठबन्धनकाे बैठकमा नयाँ सरकारकाे मन्त्रालय बाँडफाँटबारे छलफल हुने जनाइएकाे छ ।
उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारमा सहभागी दलका प्रमुख नेताहरू: एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।
राष्ट्रपतिले दिएकाे समयसीमा अनुसार आइतबार मुलुककाे नयाँ प्रधानमन्त्रीकाे रूपमा प्रचण्ड नियुक्त भएका छन् ।
आज अपराह्न पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका प्रचण्डकाे नेतृत्वमा सानाे मन्त्रिमण्डल तयार गर्नका लागि सरकारमा सहभागी दलका शीर्ष नेताहरू तीव्र रुपमा छलफलमा लागेका हुन् ।



