काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टारलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटि सुरु गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएपछि लुम्बिनीले १३४ रनको लक्ष्य पाएको हो ।
पोखराको लागि कुशल मल्ले आक्रम पारी खेले । उनले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय पारी खेले ।
यस्तै उपुल थरंगा ४२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकनेन् ।
यता लुम्बिनीका लागि शेडली भेनले सर्वाधिक ३ विकेट लिए । यस्तै किशोर महतो, गुलसन झाले २२ र सागर ढकाल र हरमित सिंहले समान ११ विकेट लिए ।
आजको खेलमा जित निकाल्दै लुम्बिनी लगातार तेस्रो जित निकाल्न चाहान्छ भने पोखरा पहिलो जितको खोजीमा रहेको छ ।



