शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनीको लगातार तेस्रो जित

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 313
    SHARES
  • लुम्बिनीको लगातार तेस्रो जित

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणमको नेपाल टी२० लिगमाा लुम्बिनी अल स्टाले लगातार तेस्रो जित निकालेको छ । 

    images

    मंगलबार त्रिबि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । 

    पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले ७ विकेट गुमाएर अन्तिम बलमा छक्का प्रहार गरि पूरा गरेपछि विजयी भएको हो ।

    images

    लुम्बिनीका लागि कुशल भुर्तेले सर्वाधिक ३९ रनको यागदान दिए । यस्तै शेडली भेनले ३१ रनमा अविजित रहे । उन्मुक्त चन्दले २२ रन, अनिल शाह १९ रन र गुलसन झाले १० रन बनाए । 

    यता पोखराको लागि कुशल मल्ल र बिपि खत्रीले समान २/२ विकेट लिए । 

    उक्त जितसँगै लुम्बिनीले लगातार तेस्रो जितका साथ ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । यता पराजित पोखरा भने लगातार तेस्रो खेलमा पराजित भएको हो । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :