शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुरलाई २०९ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 333
    SHARES
  • जनकपुरलाई २०९ रनको लक्ष्य

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई २०९ रनको लक्ष्य दिएको छ । 

    images

    त्रिबि मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो । 

    काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे । 

    images

    यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले भने लोकेस बम १५ रनमा आउट भए । 

    यता जनकपुरका लागि पवन सराफले २, सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले समान एक एक विकेट लिए । 

    यसअघि दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । यता काठमाडौं दोस्रो जितको खोजिमा रहेको छ । पहिलो खेलमा जित निकाललेको काठमाडौं दोस्रो खेलमा पराजित भएको थियो । 

    डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :