काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी पसिलो संस्करणको नेपाल टी२० लिग क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो खेलमा फार वेस्ट युनाइटेडले लुम्बिनी अल स्टनरलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिलो ब्याटि गरेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । उसका लागि देव खनालले सर्वाधिक ४८ बनाए । कपतान हसमतुल्लाह शाहिदी ३२ रन, बिक्रम सोप १५, करण केसी १२, बिनोद भण्डारी र हसिम अन्सारीले समान ११ रन बनाए ।
यता लुम्बिनीका लागि शेडलीले २ विकेट लिँदा किशोर महतो, सागर ढकाल र हरमिता सिंअले समान १/१ विकेट लिए ।



