शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 252
    SHARES
  • मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा

    काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् । 

    images

    मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो । अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङमा आफू नरहने बताएका थिए । 

    मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधिसँगै मोफसलका थुपै उपाधि जितेका थिए । त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग खेलेका थिए । एन्फा एकेडेमीका अन्जनले पहिलो पटक चर्च ब्वाइजबाट लिग खेल्न लागेका हुन् । चर्च ब्वाइजले पहिलो पटक ‘ए’  डिभिजन लिग खेल्न लागेको हो । 

    images

    अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । गत असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ह्याट्रिक प्रहार गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # फुटबल