काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ ।
मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।
उक्त जितसँगै चेल्सीले १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औं स्थानमा छ ।
मंगलबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३-० ले पराजित गरेको छ । युनाइटेडको जितमा मार्कश राशफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक एक गोल गरेका थिए ।
उक्त जितसँगै म्यानचेस्टर युनाइटेडको १५ खेलमा २९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । यता पराजित नोट्टीङघम फोरेस्टको भने १६ खेलमा १३ अंक छ र लिगमा १९औं स्थानमा रहेको छ ।



