शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लुम्बिनीको लगातार चौथो जित, फार वेस्ट सुपर ओभरमा पराजित

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 269
    SHARES
  • लुम्बिनीको लगातार चौथो जित, फार वेस्ट सुपर ओभरमा पराजित

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।

    images

    टियु मैदानमा फार वेस्टले दिएको १३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए । 

    पहिलो दुई बल डट दिएकामा लाहिरु मिलान्थाले तेस्रो र चौथो बलमा दुई छक्का लगातार प्रहार गरे । 

    images

    पाँचौ बलमा मिलान्थाले तीन रन लिए । अन्तिम बलमा शाड्लीको नाममा तीन रन रह्यो । फार वेस्टले २० रनको लक्ष्य पायो ।

    फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए । लुम्बिनीले बलिङमा किशोर महतोको प्रयोग गर्यो ।

    पहिलो बलमा शाहिदीले छक्का प्रहार गरे । दोस्रो बलमा उनले कुनै रन बनाउँन सकेनन् । तेस्रो बलमा उनले १ रन लिए । 

    स्ट्राईकमा विनोद भण्डारी आए । चौथो बलमा १ रन लिए । पाँचौ बलमा शाहिदीले १ तथा अन्तिम बलमा भण्डारीले १ रन लिए । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।

    जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ । हारसँगै फर वेस्ट अंकका साथ चौथो स्थानमा कायमै रहेको छ । 

    फार वेस्ट यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो ।

    यसै संस्करणको पहिलो भेटमा लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

    डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

    इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :