काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिग अन्तर्गत बुधबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किग्संलाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।
पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ तथा सिद्धान्त लोहनीले ३ छक्काको सहयोगमा १९ बलमा २६ रन बनाए ।
कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा आसिफ शेखले १० रन बनाए । प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाए ।
विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १/१ विकेट लिए ।
दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेर जित बिहिन बनेको विराटनगर पाँचौ स्थानमा रहेको छ ।
तीन खेलमा अंक बिहिन पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।



