शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्पेनीस क्लब कासेन्योसँग गण्डकी-११ पराजित

एक्सप्रेस पाना
पौष १३, २०७९ बुधबार
  • 276
    SHARES
  • स्पेनीस क्लब कासेन्योसँग गण्डकी-११ पराजित

    पोखरा । स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीले गण्डकी ११ सँगको मैत्रीपूर्ण खेलको सहज जित निकालेको छ ।

    images

    बुधबार पोखरा रंगशालमा भएको खेलमा कासेन्योले गण्डकीमाथि ३-० गोलको जित निकालेको हो । 

    पहिलो हाफमा २-० गोलको अग्रता बनाएको कासेरेन्यो दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । 

    images

    खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाएका थिए । कार्मेलोले सिक्स याड बक्सबाट पहिलो बारमा कार्मेलो मोराले गोल गरेका थिए । 

    यस्तै २९औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै टोली अग्रता २-० को बनाए । खेलको अन्तिम समयमा थप गोल गरि खेलमा ३-० गोलको जित दिलाए । 

    स्पेनिस टोली आजै पोखराबाट काठमाडौं फर्किने छ । कासेरेन्यो र काठमाडौं ११ बीचको दोस्रो मैत्रिपूर्ण खेल बिहिबार दशरथ रंशालमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल