शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनकपुर दोस्रो स्थानमा 

एक्सप्रेस पाना
पौष १४, २०७९ बिहीबार
  • 412
    SHARES
  • जनकपुर दोस्रो स्थानमा 

    काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिगमा फार वेस्ट युनाईटेडलाई हराउँदै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

    images

    दोस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो । 

    टीयु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । 

    images

    जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले । सन्दीप जोराले ५४ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।

    फार वेस्टका लागि करण केसीले २ विकेट लिए । 

    त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो । 

    फार वेस्टका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए । भिम सार्कीले ३० बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनमा आउट भए । 

    कप्तान हसमतुल्लाह शाहिदी १९ रनमा रन आउट भए भने हरिशंकर शाह १३ रनमा आउट भए ।

    विनोद भण्डारीले १२ तथा हसिम अंसारीले ११ रन बनाए । 

    जनकपुरका लागि ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्र मुखियाले समान parchanda cm.jpg१ विकेट लिए ।  

     जनकपुरले चौंथो खेलमा तेस्रो जित हात पारेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेर १ जित हात पारेको फार ४ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :