काठमाडौं । ५औं स्वर्गीय चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता २०७९ को फाइनल समीकरण पूरा भएको छ ।
गोकर्णेश्वर नगरपालिका र नगरपालिका युवा तथा खेलकूद विकास समितिको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित स्वर्गीय चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम सेमिफाइनल खेल भएसँगै फाइन पुग्ने टोलीको टुंगो लागेको हो ।
पहिलो सेमिफाइनलमा त्रिकोन पब्लिक स्कूललाई नेपालय पब्लिक स्कूलले ३-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।

यस्तै दोस्रो सेमिफाइनलमा आज बिहीबार अरुनदय स्कुललाई १-० गोलले हराउँदै मनकामना सेकेण्ड स्कुलले नेपालयसँगको भेट पक्का गरेको हो ।
गत ९ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल आगामी शनिबार पैष १६ गते हुनेछ । फाइनल खेल नेपालय इंग्लिस पब्लिक स्कुलको खेल मैदानमा हुनेछ ।
पहिलो हुने टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले नगद २० हजार ट्रफी प्रमाण र तेस्रो हुने टिमले नगद १० हजार पाउनेछन् ।
कुल २० टिम सहभागी रहेको प्रतियोगितामा २ समूहमा विभाजन गरिएको थियो ।



