शुक्रबार, श्रावण २९ गते २०८३
images
images

तीनपटकको विश्व विजेता पेलेको निधन

एक्सप्रेस पाना
पौष १५, २०७९ शुक्रबार
  • 209
    SHARES
  • तीनपटकको विश्व विजेता पेलेको निधन

    काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । 

    images

    पूर्व सान्तोस एफसी स्टार नोभेम्बर २९ देखि साओ पाउलोको अल्बर्ट आइन्स्टाइन इजरायली अस्पतालमा थिए । उनको निधन भएको एजेन्टले पुष्टि गरेको छ ।

    पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्याद्सदर समेत देखिएको थियो । क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए ।

    images

    पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् । उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

    फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल