काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी फागुन १९ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
विहिबार एन्फा मुखियालय सातदोबाटोमा शीर्ष डिभिजनका १४ क्लबहरुसँगको छलफलपछि नयाँ मिति तोकेको हो ।
यसअघि एन्फाले यहि पुस २६ गतेदेखि लिग सुरु गर्ने घोषणा गरेको थियो ।
एन्फाबाट तयारी खर्च नपाएको भन्दै क्लबहरुले नै लिग सार्नुपर्ने प्रस्ताव गरेका थिए । राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडीहरुले समयमा लिग संचालन गर्न नसकेको भन्दै एन्फा र क्लबहरुको आलोचना गरिरहेका बेला एन्फाले नयाँ मिति तोकेको हो ।
यस्तै लिग डबल राउन्ड रोबिनको आधारमा हुने भएको छ ।



