शुक्रबार, श्रावण २९ गते २०८३
images
images

धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

एक्सप्रेस पाना
पौष १५, २०७९ शुक्रबार
  • 246
    SHARES
  • धरान फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

    आहा रारा पोखरा गोल्डकप फुटबल २०७९ मा सहारा क्लबलाई हराउँदै धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

    images

    पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० गोलले हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको हो ।

    धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए ।

    images

    हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

    जसमा साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

    यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा पोखरा गोल्डकप