शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आहा ! रारा पोखरा गोल्डकपमा आज पुलिस र चर्च ब्वाइज खेल्दै 

एक्सप्रेस पाना
पौष १५, २०७९ शुक्रबार
  • 244
    SHARES
  • आहा ! रारा पोखरा गोल्डकपमा आज पुलिस र चर्च ब्वाइज खेल्दै 

    पोखरा । २२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । 

    images

    आज हुने खेलमा बिभागिय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट पोखरा रंगशालामा सुरु हुनेछ । 

    पुलिस यस प्रतियोगिताको सफल टोली मध्य एक हो । उसले ६ पटक उपाधि जितेको छ भने यता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब भने पहिलो पटक सहभागि हुँदैछ । पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले राष्ट्रिय टोलीका खेलाडीसहि ए डिभिजन क्लबका खेलाडीलाई अनुबन्धन गरि आफ्नो टिम बलियो बनाएको छ । यो खेलको विजेताले क्वाटरफाइनलमा पुस १७ गते मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ । 

    images

    यस्तै हिजो भएको उद्घाटन खेलमा आयोजक साहारा क्बल पोखरालाई एक शून्य गोलले हराउँदै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । 

    हिमश्री फुड्स प्रा। लि। को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । यो प्रतियोगिताको फाइनल खेल आगामी पुस २३ गते हुनेछ । 

    जसमा साविक विजेता एपीएफ क्लब, उपविजेतता मनाङ मर्स्याङ्दी क्लब,त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

    यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # आहा ! रारा पोखरा गोल्डकप