काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा २८ खेलाडी छनोट गरिएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकिएको जनाएको छ ।
क्यानले गत महिना समपन्न पीएम कप यू-१९ राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको जनाएको छ ।
आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटका लागि बन्द प्रशिक्षणका २८ खेलाडी डाकिएको क्यानले जनाएको छ । छनोट खेल आगामी फेब्रुअरीमा युएईमा हुनेछ ।




