काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग पुरुष क्रिकेटमा लुम्बिनी अल स्टारले जितका लागि काठमाडौं नाइट्सलाई १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटि सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएपछि काठमाडौंले १५१ रनको लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रनको योग्दान दिए । उनले २७ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै लाहिरु मिलन्थाले २५ रन, कुशल भुर्तेल १९, अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए ।
यता काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा,एलेक्स ब्लेक,सुनाम गौतम र अनिल खरेलले समान १ विकेट लिए ।
चार खेलमा अपराजित लुम्बिनी पाँचौ जित निकाल्न चाहान्छ । लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस्तै तीन खेलमा दुई जित हात पारेको काठमाडौं तेस्रो जितको खोजीमा रहेको छ । काठमाडौं ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।



