शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोखरालाई १८८ रनको लक्ष्य

एक्सप्रेस पाना
पौष १५, २०७९ शुक्रबार
  • 295
    SHARES
  • पोखरालाई १८८ रनको लक्ष्य

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग अन्तर्गत आफ्नो पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई फार वेस्टले १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ थालेको फार वेस्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएपछि पोखराले १८८ लक्ष्य पाएको हो । 

    फार वेस्टको लागि उमर अलिले सर्वाधिक ४२ रन बनाए । यस्तै देब खनाल ३३ रन र रासिद खान ३२ रनमा आउट भए । हासिम अन्सारी र भिम सार्कीले समान १७ रनको योग्दान दिए भने करण केसी १२ र बिनोद भण्डारी ११ रन आउट भए

    images

    यता पोखराको लागि जाहिर खानले ३ विकेट, तुल बहादुर थापा, अमिर हमजाले समान २ र कुशल मल्ल र आरिफ शेखले समान १ विकेट लिए । 

    आजको खेलमा जित निकाल्दै पहिलो जित निकाल्ने योजनामा रहेको पोखराले केहि बेरमा जवाफि ब्याटिङ गर्नेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :