शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भल्लाडोलीडलाई हराउँदै रियल ला लगिाको शीर्ष स्थानमा

एक्सप्रेस पाना
पौष १६, २०७९ शनिबार
  • 233
    SHARES
  • भल्लाडोलीडलाई हराउँदै रियल ला लगिाको शीर्ष स्थानमा

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत साविको विजेता रियल म्याड्रिडले भल्लाडोलीडलाई पराजित गरेको छ ।

    images

    शुक्रबार राति भएको खेलमा रियल म्याड्रिडले भल्लाडोलीडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    पाहुना टोली रियल म्याड्रिडको जितमा दुवै गोल करिम बेन्जमाले गरेका थिए ।

    images

    बेन्जमाले खेलको ८३औँ मिनेटमा पहिलो गोल पेनाल्टी मार्फत गरेका थिए भने दोस्रो गोल खेलको ८९औं मिनेटमा गरेका थिए ।

    यस खेलमा खेलको ८२औं मिनेटमा सेर्गियो लेओनले रातो कार्ड पाएपछि भल्लाडोलीड १० खेलाडीमा सिमित भएको थियो ।

    उक्त जितसँगै १५ खेलमा ३८ अंक जोडेको रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको १४ खेलमा ३७ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ला लिगा