शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कीर्तिमानी मूल्यमा रोनाल्डो साउदी क्लबले अल नसरमा अनुबन्ध

एक्सप्रेस पाना
पौष १६, २०७९ शनिबार
  • 279
    SHARES
  • कीर्तिमानी मूल्यमा रोनाल्डो साउदी क्लबले अल नसरमा अनुबन्ध

    काठमाडौं । पोर्चुगिज कप्तान तथा भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् ।

    images

    उनिलाई २०२५ सम्मको लागि अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जनाएको छ । फुटबल इतिहासकै सबैभन्दा महँगो पारिश्रमिक १७७ मिलियन पाउन्डमा रोनाल्डो अल नासरमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले अल नासरसँग तीन वर्षे सम्झौता गरेका छन् ।

    कतार विश्वकप रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए । रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए ।

    images

    तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन् । रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए ।

    त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

    रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स गएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo