काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
यस खेलमा तीनै गोल लेस्टरका खेलाडीले गरेका थिए । लेस्टरका किएरनान डेवसबरी हालले खेलको चौथो मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि खेलको ३८औं र ४५औं मिनेटमा लेस्टरकै वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुलले २-१ को अग्रता लिएको थियो ।
उक्त जितसँगै लिभरपुलले १६ खेलमा २८ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । यता पराजित लेस्टर सिटीको भने यस सिजनमा यो दशौँ हार हो । १७ खेलमा लेस्टरको १७ अंक छ र लिगमा १३औँ स्थानमा रहेको छ ।



