काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग अन्तर्गत आफ्नो छौटौं खेलमा लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
लुम्बिनी १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएपछि पोखराले १२८ रनको लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि हसमित सिंहले सर्वाधिक ३८ रन बनाए । यस्तै श्याड्ली भानले १६ रन, सुनिल धमला १५, योगेन्द्र सिंह कार्की १३, कप्तान दिपेन्द्र सिंह ऐरी र ह्यारी समान १० रन बनाए ।
यता पोखराको लागि बिपिन खत्री र जाहिर खानले समान ३ विकेट लिए भने तुल बहादुर थापा र सिदान्त लोहनीले समान एक विकेट लिए ।



