शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोखराले लुम्बिनीलाई हरायो

एक्सप्रेस पाना
पौष १६, २०७९ शनिबार
  • 272
    SHARES
  • पोखराले लुम्बिनीलाई हरायो

    काठमाडौं । पहिलो संस्करणको नेपाल टी२० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टारलाई ९ विकेटले पराजित गरेको छ ।

    images

    शनिबार त्रिबि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । 

    पोखराको जितमा आशिफ शेख र आरिफ शेख दाजुभईले ९५ रनको सानदार पारि खेले । पोखराको लागि आशिफले ७७ रनको अर्भशतकीय इनिङ खेले भने आरिफ २६ रनको योग्दान दिए । यस्तै सुमित महर्जन १३ रनमा आउट भए । 

    images

    यता लुम्बिनीका लागि किशोर महतोले एक विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्यटिङ गरेको लुम्बिनीले  १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएपछि पोखराले १२८ रनको लक्ष्य पाएको थियो ।

    लुम्बिनीका लागि हसमित सिंहले सर्वाधिक ३८ रन बनाए । यस्तै श्याड्ली भानले १६ रन, सुनिल धमला १५, योगेन्द्र सिंह कार्की १३, कप्तान दिपेन्द्र सिंह ऐरी र ह्यारी समान १० रन बनाए । 

    यता पोखराको लागि बिपिन खत्री र जाहिर खानले समान ३ विकेट लिए भने तुल बहादुर थापा र सिदान्त लोहनीले समान एक विकेट लिए । 

    उक्त जितसँगै पोखराले लगातार दोस्रो जित निकालेको हो । जारी लिगमा लगातार पाँच खेलमा पराजित भएको पोखराले लगातार दोस्रो जित निकाल्ने क्रममा पाँच खेल जितेको लुम्बिनीलाई पराजित गरेको हो । 

    यता हारे पनि लुम्बिनी १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पोखरा चोथौ स्थानमा उक्लिएको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :