काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई १९० रनको लक्ष्य दिएको छ ।
त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएपछि विराटनगरले १९० रनको लक्ष्य पाएको हो ।
जनकपुरको लागि समिउल्लाह शिनवारी सर्वाधिक ७८ रन बनाए । उनले बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रनमा अविजित रहे । यस्तै चालडिक वाल्टनले २९ रन बनाए ।
यस्तै सन्दिप जोहोरा २० रन, ट्राबिन ग्रेफिथले १९ रन बनाए । खडक बोहोरा १५ रनमा अविजित रहे ।
यता विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।
यो खेलमा जित्ने टोली दोस्रो स्थानमा उक्लने छ ।



