काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महान फुटबल खेलाडी पेलेको निधनमा शोकमा एक सातासम्म देशभरका फुटबलका खेलहरुमा एक मिनेट मौनधारण गरिने भएको छ ।
फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई परिपत्र पठाएको छ । फिफा महासचिव फात्मा समौराले लेखेको पत्रमा फुटबल विश्वले आफ्नो राजा गुमायो भन्दै शोक मनाउन आग्रह गरेको हो ।
यस्तै फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म खेलमा एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ । एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायसँग सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
उनको लामो फुटबल खेलेको कारण, पेलेलाई सम्झिनेछ र उनी मिस हुनेछन्, पत्रमा थप भनिएको छ ।
पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भएको थियो ।



