शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल टी२० लिग : जनकपुर विजयी

एक्सप्रेस पाना
पौष १६, २०७९ शनिबार
  • 310
    SHARES
  • नेपाल टी२० लिग : जनकपुर विजयी

    काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी२० लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई पराजित गरेको छ । 

    images

    जनकपुरले विराटनगरलाई ४९ रन पराजित गरेको हो ।  

    टियु क्रिकेट मैदानमा भएको खेलमा १९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४० रन मात्र बनायो ।

    images

    विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप ऐरीले ३६ रन बनाए । गौराशुं शर्मा ३३ रनमा आउट भए । कप्तान आन्द्र म्याकार्थीले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

    जनकपुरका लागि शमिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान २ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनायो ।

    जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक ७८ रन बनाए । उनले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा रनमा ७८ अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९ रन बनाए । 

    यस्तै सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ रन बनाए । खडक बोहोरा १२ रनमा अविजित रहे । 

    यता विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २र२ विकेट लिए । नन्दन यादवले १ विकेट लिए । 

    पाँच खेल खेलेर ४ जित हात पारेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । 

    पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर  २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा जनकपुर ६ विकेटले विजयी भएको थियो ।

    यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

    त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :