शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनकामना स्कुलले जित्यो चक्रबहादुर स्मृति फुटबलको उपाधि

एक्सप्रेस पाना
पौष १६, २०७९ शनिबार
  • 230
    SHARES
  • मनकामना स्कुलले जित्यो चक्रबहादुर स्मृति फुटबलको उपाधि

    काठमाडौं । पाँचौं संस्करणको स्वर्गीय चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता २०७९ को उपाधि मनकामना सेकेन्डरी स्कुलले जितेको छ । 

    images

    गोकर्णेश्वर नगरपालिका र नगरपालिका युवा तथा खेलकूद विकास समितिको सहकार्यमा छहारी युवा क्लबद्वारा आयोजित स्वर्गीय चक्रबहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको फाईनल खेलमा नेपालय स्कुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै मनकामना स्कुलले उपाधि जितेको हो । 

    निर्धारित समयमा दुबई टोलीबाट १-१ गोल भएपछि खेल पेनाल्टी सुटआटबाट निर्णय लिएको थियो । 

    images

    उक्त जितसँगै मनकामनाले नगद ३५ हजार ट्रफी मेडल प्रमाणपत्र हात पार्यो भने उपविजेता नेपालयले नगद २० हजारमा चित्त बुझायो । 

    यस्तै आजै तेस्रो स्थानको लागि भएको खेलमा अरुनदय इंग्लिस स्कुलले त्रिकोन पब्लिक स्कूललाई १-० गोलले हराउँदै तेस्रो स्थान हासिल गर्यो । उक्त जितसँगै अरुनदयले नगद १० हजार हात पार्यो । 

    यसअघि गत बिहिबार ‍भएको पहिलो सेमिफाइनलमा त्रिकोन पब्लिक स्कूललाई नेपालय पब्लिक स्कूलले ३-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । 

    यस्तै दोस्रो सेमिफाइनलमा गत बिहीबार अरुनदय स्कुललाई १-० गोलले हराउँदै मनकामना सेकेण्ड स्कुलले नेपालयसँगको भेट पक्का गरेको हो । 

    यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको ट्रफी अमृत बस्यालले जिते भने बेस्ट गोलकिपरको ट्रफी बिबेक श्रेष्ठ (मनकामना) र नेपालयका रोशन तामाङले बेस्ट प्लेयरको ट्रफी हात पारे ।

    गत ९ गतेदेखि सुरु भएको यस प्रतियोगितामा कुल २० टिम सहभागी रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल